Collaboration space
Virtual spaces where teachers can collaborate with colleagues, share resources and engage in professional development.
Empowering Educators with a Centralised Learning Hub.
Virtual spaces where teachers can collaborate with colleagues, share resources and engage in professional development.
Real-time interactive activities and engagement with others through live meeting, discussion and webinar
Collection of various educational resources available for teachers to access and utilise in their teaching practices.
उच्च प्रबिधियुक्त कक्षाकोठा परियोजना, राष्ट्रिय आविष्कार केन्द्र (NIC) को शिक्षा पहलको एक भागको रूपमा सुरु गरिएको छ।
डिजिटल विभाजन, असमानताको नयाँ रूपमा देखापरेको छ जसले निम्न सामाजिक-आर्थिक पृष्ठभूमिका बालबालिका र समुदायहरूलाई , हाम्रो देशमा पहिलेदेखि नै विद्यमान सामाजिक, आर्थिक असमानता र अन्यायहरूमा धकेल्ने छ । त्यसैले यस परियोजनाको लक्ष्य शिक्षामा डिजिटल प्रविधिहरू एकीकृत गर्न शिक्षकहरूको ज्ञान र सीपहरू विकास गरेर विद्यार्थीको सिकाइ नतिजा सुधार्नु मात्र मात्र नभई, शिक्षक र विद्यार्थीहरुलाई २१ औं शताब्दीको समाज र अर्थतन्त्रमा प्रतिस्पर्धी हुन आवश्यक पर्ने असंख्य स्रोत र अवसरहरूमा उनीहरूको पहुँचलाई सक्षम पार्नु पनि हो । यस परियोजना अन्तर्गत उच्च प्रबिधियुक्त कक्षा कोठा नेपालका ग्रामीण सामुदायिक बिद्यालयहरुमा स्थापना गरिन्छ र उपलब्ध टेक्नोलोजी प्रयोग गर्न शिक्षक र विद्यार्थीहरूको क्षमता बिकासमा पनि बिषेश प्राथमिकता दिईन्छ ।
एनआईसी एकेडेमी (NIC Academy) यस उच्च प्रबिधियुक्त कक्षाकोठा परियोजनाको एक महत्त्वपूर्ण भाग हो। यस एनआईसी एकेडेमी सार्वजनिक विद्यालयका शिक्षकहरू र विद्यार्थीहरू बीच सिकाइ इकोसिस्टम (ecosystem) स्थापना गर्न सिर्जना गरिएको हो। यो सार्वजनिक विद्यालयका शिक्षकहरू र विद्यार्थीहरूका लागि एकअर्काबीच ज्ञान र विचारहरू आदानप्रदान गर्न स्रोत र भरपर्दो प्लेटफर्म हुन सक्छ।
Chat with educators, ask questions, answer live polls, and get your doubts cleared - all while the class is going on
Powered By DataHub
©2024, NIC Nepal. All Rights Reserved